११ पौष, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १३ गतेको सरकार बिरुद्धको प्रतर्शनमा सहभागी हुन आम कार्यकर्ता तथा शुभचिन्तकलाई अपील गरेका छन् । सभापति देउवाले पौष १३ गते देशभरका १६५ वटा संघीय क्षेत्रमा काँग्रेसको बिरोध कार्यक्रम रहेको भन्दै उक्त कार्यक्रम सफल बनाउन सहभागीताका लागि सबैलाई आग्रह गरेका हुन् ।
नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले गरेको संसद बिघटन असंबैधानिक भन्दै नेपाली काँग्रेसले पौष १३ गतेश देशभर आन्दोलनको घोषणा गरेको छ भने ओलीबाट छुट्टिएको नेपाल दहाल नेकपा, राप्रपालगायतले आ–आफ्नै तरिकाले आन्दोलन गर्ने बताईरहेका छन् । पाँच बर्षलाई मत दिएर पठाएका संसदहरुलाई बिघटन गर्दै नेकपाले मुलुकलाई अप्ठ्यारोमा पारेको भन्दै असंबैधानिक कदम सच्याउन मागसहित काँग्रेसले १३ गते आन्दोलन गर्नेछ ।






