११ पौष, काठमाडौं । राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा मोटरसाईकल र्याली निकालेको छ । राप्रपा अध्यक्ष कमल थापा, पशुपति शम्सेरलगायतका नेताहरुले माईतिघरमा सम्बोधन गरेको उक्त र्याली थापाथली, त्रिपुरेश्वर, रत्नपार्क, दरबारमार्ग पुगेको थियो ।
नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद बिघटन गरेपनि राजाबाहेक बनेको संबिधानको औचित्य समाप्त भएको भन्दै देशब्यापी प्रदर्शनको घोषणा गरेको राप्रपाले यसअघि पनि देशका बिभिन्न भागमा उक्त माग गर्दै मोटरसाईकल र्यालीको आयोजना गरिसकेको छ । नेपाली काँग्रेस र नेपाल–दहाल पक्षीय नेकपालगायतले पनि बिभिन्न चरणका आन्दोलनहरु गर्दै संसद पुनःस्थापनाको मागसहित आन्द्योलन गरिरहेका बेला राप्रपाको प्रदर्शन शुरु भएको छ ।
अध्यक्ष थापाले नेकपाको नियती पनि आफ्नो राप्रपा फुटेको समस्यजस्तो होला भन्दै फेसबुकमा लेखेका छन्, ‘‘तत्कालीन प्रम प्रचण्डको प्रत्यक्ष दबाब र प्रभावमा त्यसवेला विनासनाखत कानुनविपरीत आयोगले राप्रपा विभाजन घोषणा गरेको थियो । प्रचण्डले त्यही नियति भोग्नु नपरोस । मेरो शुभकामना छ ।’






