सामाजिक सञ्जाल

दाहाल-नेपाललाई संग्रौलाको प्रश्नः हिजो जनता कोरोना र भोकले मरिरहँदा तिमीहरू कहाँ थियौ ?

१४ पुष, काठमाडौं । बुद्धिजिवी तथा साहित्यकार खगेन्द्र संग्रौलाले आन्दोलनरत नेकपाको दाहाल–नेपाल समुहलाई कडा प्रश्न गरेका छन् ।

उनले संसद बिघटनको बिरोधमा उत्रिएको उक्त समुहलाई ओलीको बिरोध ओली हुन नपाएर हो कि कुनै आर्दश र मुल्यको रक्षार्थ हो ? भन्दै प्रश्न गरेका छन् । साथै उनले हिजो नागरिकहरू कोरोना र भोकले मरिरहँदा तिमीहरू कहाँ थियौ भन्दै कटाक्ष पनि गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त संग्रौलाले बृहत् नागरिक आन्दोलनन नग्न ओली प्रवृत्तिको सट्टा छद्म ओली प्रवृत्तिलाई सत्तामा उकाल्न किमार्थ नभएको बताएका छन् ।

पछिल्लो समय ओलीले संसद बिघटन गरेपछि दुई चिरामा विभाजीत भएको नेकपा अध्यक्ष पुष्पकमल दाहाल–माधवकुमार नेपाल आन्दोलनमा उत्रिएको बेला उनले उक्त समुहलाई प्रश्न गरेका छन ।

उनको ट्वीटः बृहत् नागरिक आन्दोलन नग्न ओली प्रवृत्तिको सट्टा छद्म ओली प्रवृत्तिलाई सत्तामा उकाल्न किमार्थ होइन । आन्दोन्दोलन पुष्पकमल र माधवलाई सोध्छ– ओलीलीको विरोध ओलीली हुन नपाएर हो कि कुनै आदर्श र मूल्यको रक्षार्थ हो ? हिजो नागरिकहरू कोरोना र भोकले मरिरहँदा तिमीहरू कहाँ थियौ ?