१४ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपती बिद्यादेबी भण्डारीले संसद बिघटन गरेपछि यतिबेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समुहमा बिभाजन भएको छ । एउटा ओली समुह छ भने अर्काे पुष्पकमल दाहाल- माधवकुमार नेपालको समुह रहेको छ ।
तर नेकपाका उपाध्यक्ष बामदेब गौतम भने तटस्थ छन् यद्यपी संसद बिघटनको भने उनले खुलेरै बिरोध जनाएपनि दुई समुह मध्य कुनै पनी समुहतिर लागेका छैनन् । तटस्थ बसेका नेता गौतमले संसद बिघटनको निर्णय तत्काल फिर्ता लिन राष्ट्रपती बिद्यादेबी भण्डारीसंग आग्रह गरेका छन् । अब प्रतिनिधि सभा पुनः स्थापनाको बिकल्प नभएको भन्दै उक्त असंबैधानीक निर्णय तत्काल सच्याउन आग्रह गरेका छन् ।
साथै उनले राजनीतिक दलसम्बन्धी ऐनअनुसार पार्टी एकता भएको पाँच वर्षसम्म पार्टी बिभाजन गर्न नमिल्ने भन्दै कानुतः अँझै दुई बर्ष नेकपा पार्टी एकता फुट्न नपाउने पनि बताएका छन् । नेता गौतमले पार्टी एकता भएको पाँच वर्षसम्म फुट्न नपाइने प्रावधान राजनीतिक दल सम्बन्धी ऐनको दफा ३३ को उपदफा ३ र १० मा लेखिएको जिकिर गरेका छन् ।





