१४ पुष, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रंमुख सचेतक बालकृष्ण खाणले एकदलीय सर्बसत्तावाद ल्याउन र सरकारको ठुृलो भ्रषटार लुकाउन संसद बिघटन भएको टिप्पणी गरेका छन् ।
आज बुटवलमा भएको पत्रकार सम्मेलनमा नेता खाणले संसदमा उठ्ने भ्रष्टाचारका मुद्धामा प्रश्न उठ्ने र जवाफ दिन सक्ने अवस्था नभएपछि ओलीले संसद बिघटन गरेको बताएका छन् ।
नेता खाणले आगामी वैशाखमा गर्ने भनिएको मध्यावधि निर्वाचन असम्भव भएको सरकार आफैं निर्वाचन गराउने पक्षमा नरहेको बताएका छन् ।
साथै उनले प्रतिनिधिसभा विघटनको बिषय अदालतमा गैसकेकाले अदालतको निर्णयको प्रतिपक्षी कांग्रेसले गर्ने बताएका छन् । उनले संसद बिघटन गरेर ओली सरकार असंबैधानीक, अधिनायकवादी र अलोकतान्त्रीक भएको धारणा व्यक्त गरेका छन् ।





