१५ पौष, काठमाडौं । नेकपाअध्यक्षद्वय माधव कुमार नेपाल र पुष्पकमल दहाल अनि बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतन्त्र समाप्त पार्न लागेको आरोप लगाउँदै बिशाल प्रदर्शन गरेका छन् । नेकपा एमाले र नेकपा माओबादी केन्द्र मिलाएर नेकपा बनाएका ओली र दहालसमूहबीचको प्रधानमन्त्री पदको भागबण्डा नमिलेपछि शुरु भएको आन्तरिक झगडा पछिल्लो समय पार्टी फुटसम्म पुगेको छ । दुबै पक्षले नेकपाको आधिकारिकता आफ्नो भएको बताउँदै सुर्य चिन्हमा आफ्नो पक्षको वकालत गर्दै आएका छन् भने नेकपा अध्यक्ष एबम् प्रधानमन्त्री ओलीले आफू नेकपाको घरबेटी भएको र आफुले सकिन लागेको माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाललाई आश्रय दिएको तर घरबेटीलाई नै दहालले अपमान गर्न खोजेको बताईरहेका छन् ।
पौष ५ गते प्रधानमन्त्री ओलीले राष्ट्रपति बिद्यादेवी भण्डारीसंग संसद बिघटन सिफारिस र उक्त सिफारिस राष्ट्रपति भण्डारीले तत्काल नै सदर गरेपछि नेकपाको बिबाद फार्टी फुटमा परिणत भएको हो । मंगलबार देशब्यापी प्रदर्शनमा उत्रेको माधवदहाल पक्षीय नेकपाले प्रधानमन्त्री ओलीले लोकतन्त्रप्रतिको निष्ठा र राजनीतिक चरित्रमाथि प्रहार गरेको भन्दै कडा बिरोध जनाएका छन् । निर्बाचन आयोगमा आधिकारिक नेकपा हाम्रो भएको भन्दै निबेदन दिएका नेपाल दहाल समूहकोआन्दोलन कहाँ पुग्छ त्यो भन्न नसकिने अवस्था भएपनि दुई पक्षको बिबादले मुलुकको पबिकास निर्माण र कोरोना माहामारी नियन्त्रणमा सरकारको प्रयास भने शुन्यप्रायः हुने राजनीतिक पिबश्लेशकहरुको टिप्पणी छ । ओली सरकारले बैसाख १७ र २७ गतेका लागि आम निर्बाचन घोषणा गरिसकेको छ भने नेकपाका अर्को पक्ष संसद पुनस्थापनाको नारामा भन्दा पनि ओलीको बिरोमा केन्द्रीत भएको छ । नेकपाको बिबाद दैनिक झनै बढ्ने देखिन्छ, यस अस्थामा काँग्रेससले भने संसद पुनस्थापनाको माग गर्दै देशभरका १६५ वटा क्षेत्रमा बिरोध प्रदर्शन गरिसकेको अवस्था छ । निर्बाचन आयोगले जसलाई आधिकारिक नेकपा भनेपनि उक्त निर्बाच आयोगो निर्णय नमान्दै अर्को पक्षले सर्बोच्च अदालतमा निबेदन दिने प्रवल सम्भावना छ भने अर्कोतिर सर्बोच्च अदालतले संसद पुनस्थापनाको माग गर्दै परेको १३ निबेदनको अन्तिम टुंगोको पनि सबैभन्दा महत्व हुने देखिन्छ ।
नेकपा अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मँ ओलीको नेतृत्वमा अध्यक्ष दहाल, नेपाल र बरिष्ठ नेता झलनाथ खनाददगायतले पछिल्लो समयमा राजनीतिक ब्यवस्थापन बिगार्दै मुलुकलाई अन्धारमा धकेलेको आरोप बौधिकबृतमा लाग्दै गएको छ । उनीहरुले मुलुकलाई केन्द्रबिन्दूमा राख्ने भन्दा पनि ब्यक्त्रीगत स्वार्थ केन्द्रत राजनीतिमा लागेको उनीहरुको बिश्लेषण छ । सर्बसाधारसम्म नै कसैले ओलीलाई नै ५ बर्ष सरकार चलाउन दिनुपर्ने बिचार ब्यक्त गरिरहेका छन् भने कसैले ओलीको गलत लोकतान्त्रीक कृयाकलापको खबरदारीमा अर्को पक्षले ठीक गरेृको बताईरहेको अवस्थामा झण्डै दुईतिहाईमतले इजजत जोगाएको नेकपाका शीर्ष नेताहरुको राजनीतिक ब्यवीथापनमा भएको कमजोरीका कारण मुलुक पुनः एकपटक अन्धकारतर्फ धकेलिएको बताईरहेका छन् ।





