सामाजिक सञ्जाल

देशको स्वाभिमान,स्वतन्त्रता र सार्वभौमिकता कमजोर पार्ने काम कसैले नगरौँः अध्यक्ष थापा

१५ पुष, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले पछिल्लो समय सत्तारुढ दल  नेकपा बिवाद मिलाउने बहानामा चिन र भारत लगाएतबाट भईरहेको भ्रमणप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष थापाले नेपालको घरेलु मामिला र पार्टीहरूको आन्तरिक विषयमा उत्तर, दक्षिण र पश्चिम जताको भएपनि दवाव, प्रभाव र हस्तक्षेप स्विकार्य नभएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा दुई भागमा बिभाजन भएपछि नेकपालाई मिलाउन भन्दै यतिबेला एक चिनियँ टोलीले आफ्नो भेटवार्तालाई तिब्रता दिएको बेला अध्यक्ष थापाको यस्तो धारणा सार्वजनीक भएको हो ।

थापाले दक्षिणको आपत्तिजनक र उत्तरको ठीक भन्ने नहुने पनी बताएका छन् । उनले नेपालको स्वाभिमान, स्वतन्त्रता र सार्वभौमिकता कमजोर पार्ने काम कसैले गर्नु नहुनेमा जोड दिएका छन् ।

उनको ट्वीटः नेपालको घरेलु मामिला र पार्टीहरूको आन्तरिक विषयमा उत्तर, दक्षिण र पश्चिम जताको भएपनि दवाव, प्रभाव र हस्तक्षेप स्विकार गर्नु हुँदैन । दक्षिणको आपत्तिजनक र उत्तरको ठीक भन्ने हुँदैन । नेपालको स्वाभिमान,स्वतन्त्रता र सार्वभौमिकता कमजोर पार्ने काम कसैले नगरौँ ।