राजनीति

दोस्रो चरण आन्दोलनको घोषणा गर्न दाहाल-नेपाल समुहको स्थायी कमिटी बैठक बस्दै

१५ पुष, काठमाडौं । सरकारका बिरुद्ध थप आन्दोलनको कार्यक्रम तय गर्न दाहाल-नेपाल समुहको स्थायी कमिटीको बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि नेकपा ओली र पुष्पकमल दाहाल–माधव नेपालको दुई समुहमा बिभाजीत भएको छ ।

दाहाल–नेपाल समुहले ओलीको संसद बिघटन गर्ने निर्णयको बिरोध जनाउँदै आएको छ । मंगलबार देशैभरी बिरोध प्रदर्शन गरेको उक्त समुहले संसद विघटनको निर्णय फिर्ता नभएसम्म बिरोध जनाउने भन्दै थप संघर्षका कार्यक्रम तय गर्न आज मध्यान्ह १२ बजे पेरिसडाँडाँस्थित पार्टी कार्यालयमा बैठक गर्न लागेको छ ।

साथै मंगलबारको बिरोध सभालाई सम्बोधन गर्नै दाहाल–नेपालले राष्ट्रपती बिद्यादेबी भण्डारीको सिफारीसमा प्रधानमन्त्री ओलीले गरेको संसद बिघटनको बिरोधमा थप कडाईका साथ सडकमा उत्रने चेतावनी दिएका थिए । यस्तै उक्त समुहले आन्दोलनका क्रममा नेपाल बन्दसम्म हुनसक्ने यसअघि बताईसकेको छ ।