राजनीति

सुदूरपश्चिमका कार्यकर्ताको भेला गर्दै ओली समुह कार्की ब्यांक्वेटमाः ओली पनी आउँदै

१५ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा समहुका कार्यकर्ताहरुको भेला आज काठमाडौंमा हुँदै छ । केपी ओलीको उपस्थितमा सुदूरपश्चिमका कार्यकर्ताको भेला तथा प्रशिक्षण आज हुने भएको हो ।

उक्त समुहको भेला तथा प्रशिक्षण बबरमल स्थित कार्की ब्यांक्वेटमा मध्यान्ह १२ बजे हुने भएको हो । यसअघि उक्त ब्यांक्वेटमा दाहाल–नेपाल समुहको केन्द्रिय बैठक बसेको थियो ।

प्रधानमन्त्री केपी शर्मँ ओलीको सिफरीसमा राष्ट्रपती बिद्यादेबी भण्डारीले संसद बिघटन गरेपछि सत्तारुढ नेकपा ओली र दाहाल–नेपालको दुई समुहमा बिभाजीत भएको छ ।