पु.समाचार

ओलीको कटाक्षः मैले मित्रताले अंगालो हाले दाहालले धृतराष्ट्रले जस्तो अंगालो हाल्नुभयो

१५ पुष, काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूले मित्रताले हंगालो हाल्दा पुष्पकमल दाहालले धृतराष्ट्रलले जस्तो अंगालो हालेको भन्दै कटाक्ष गरेका छन् ।

आज ओली समूहले आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले षड्यन्त्रकारी राजनीति छाड्न, धोका बेइमानी नगन भनेर आफूले तीन वर्ष सम्झाएको भन्दै उनले  ‘तीन वर्षमा डोब साबुनका धेरै डल्ला खर्च भएको र ड्रमकाड्रम पानी खतम भएको टिप्पणी गरेका छन् ।

ओलीले दाहाललई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकिएको भन्दै दाहालको ध्यान जहिल्यै कसरी कब्जा गर्ने भन्ने रहेको बताएका छन् । साथै ओलीले छोरीलाई चितवनमा चुनाव जिताउन पुष्पकमल दाहालले कांग्रेससँग चुनाव लडेको आरोप पनि लगाएका छन् ।