राजनीति

कांग्रेस नेता कार्कीले सुनसरीमा गराए नेकपालगायतका सयौंलाई कांग्रेस प्रवेश

संगम बिष्ट-चक्रघट्टी /नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की आफ्नो निर्वाचन क्षेत्रका अगुवा कार्यक्रता भेटघाटलाई तिब्रता दिएका छन् । बिगठिन प्रतिनिधि सभाको सदस्यमा गत संघीय निर्वाचनमा सुनसरी क्षेत्र नं ४ बाट निर्वाचित कार्कीले एकै दिन बुधवार रामधुनी र वहाहक्षेत्रका वडामा पुगेर कार्यक्रताको गुनासो सुनुवाई र सम्बोधन गरेका थिए ।
रामधुनी( ४ मानपुर बैढार, वराहक्षेत्र (८ पुलाहको विपि स्मृति भवन, वराहक्षेत्र ७ कार्की भवन देबिघाट , वराहक्षेत्र ६ चक्रघटि (रेडक्रस भवन), वराहक्षेत्र ९ को राजावास , वराहक्षेत्र १० प्रकासपुर र वराहक्षेत्र ११ मधुवनमा वडा कार्यसमितिहरुले आयोजना गरेको कार्यक्रता भेटघाट तथा छलफल कार्यक्रममा केन्द्रीय सदस्य कार्की प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा अगुबा कार्यक्रताहरुले बिकाससंगै पार्टीको संगठन बिस्तार र सुदृढीकरणमा लाग्न आग्रह गरेका थिए ।वडा नं ८ ले आयोजना गरेको कार्यक्रममा महासमिति तथा केन्द्रीय राज्य प्रशासन सदस्य बाबुराम बिष्टले कार्यक्रताहरु बिच भएको वेमलताको अन्त्य गर्ने कार्कीलाई आग्रह गरे । अब कांग्रेस सरकारमा भन्दा पनि आगामी निर्वाचनमा कसरी जित्न सकिने योजना र लक्ष्य सहित नेता तथा कार्यक्रताहरु लाग्नु पर्नेमा जोड दिए । कम्युनिस्ट भनेको जनमुखी भन्दा पनि भ्रष्टाचारी हुन्छन् भन्ने प्रमाण केपि ओलीलार्इ, माधव नेपालले लगाएको आरोपबाट प्रष्ट हुने बताउदे कांग्रेसले मात्र जनताको काम र सपना पूरा गर्ने दावि गरे । त्यस्तै नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि सुशिला खनाल पौडेलले कांग्रेसले बोकेको नितिको पछाडि लाग्न नेपालीहरुलाई आब्हान गरेकी थिइन् । भने वडा नं ८ का सभापति समेत रहेका नगर ( संयोजक रत्नबहादुर राउतले कांग्रेसले कांग्रेसकै कुरो काट्ने प्रचलन त्याग्न आग्रह गरे । उनले पुरानासाथीहरु कांग्रेसमा प्रवेश गर्न लागेको चर्चा गर्दै सवैले स्वागत गर्नु पर्नेमा जोड दिए ।
त्यस्तै वडा नं ७ मा आयोजना भएको कार्यक्रममा बोल्दै क्षेत्र नं ४ सचिव रमेश कार्कीले कम्युनिस्ट गण बिस्तारै बढारिदै गएको दाबि गरे । सबै मिलेर कांग्रेस जितको बाटोमा लाग्न फुटेर हैन जुटेर लाग्नु पर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले नेपाली कांग्रेसले ओलि तथा प्रचण्ड ( नेपाल कुनै समुहलाई समर्थन नगरेको र नगर्ने दाबि गरे । कांग्रेस कानुनी राज्य र सबिधानको पक्षपाती भएकाले असबैधानिक संसद बिगठनको बिरोधमा रहेको बताए । सम्मानित सर्वोच्च अदालतको फैसाललाई आत्मसाथ गरेर कांग्रेस अगाडि बढ्ने उनले बताए । उनले भन्ने कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले चुनावसंग डराउने कुरा हुदैन् । ओली सरकारले जनताको लामो संघषले प्राप्त गरेको व्यवस्थाकै बिरुद्ध असबैधानिक कदम चालेकाले कांग्रेसले आन्दोल गर्ने निर्णय गरेको हो । यसकालागि नेपाली कांग्रेसका कार्यक्रताहरु एक भएर लाग्न आब्हान समेत गरे । कम्युनिस्टको किचलोको कारण नेपाली जनताले दु:ख पाएकाले कांग्रेस मात्र नेपाली जनताको पार्टी भएको दाबि समेत गरे । कम्युनिस्टले बिधिको शाशन र व्यवस्था बिरुद्ध धाबा बोलेको भन्दै कांग्रेस जनताको पक्षमा भएको बताए । उनले रामधुनिको बैढारदेखि चक्रघटि सम्मको सडक निर्माणको प्रकृया अगाडि बढेको बताए ।
बुधबार सम्पन भेलाहरुमा क्षेत्र नं ४ सभापति अयुब अन्सारी, महासमिति तथा केन्द्रीय राज्य प्रशासन सदस्य बाबुराम बिष्ट, महासमिति सदस्य नन्द सिग्देल , रेवती दुलाल, जीवन बिष्ट , महासमिति तथा महिला संघ केन्द्रीय सदस्य अनु गुरुङ , जिल्ला कोषाध्यक्ष पंकज महोत्ब , जिल्ला सदस्य कालुराम चौधरी, मुना अधिकारी, संकर बस्नेत, सुरेन्द्र गुप्ता, बद्रि चौधरी , क्षेत्र नं ४ प्रदेश सभा १ सभापति उपेन्द्र कट्वाल , क्षेत्र नं ४ उप-सभापति सदानन्द मण्डल, सचिव रमेश कार्की, महादिवेशन प्रतिनिधि शुसिला खनाल पौडेल, वराहक्षेत्र सभापति नारायण नेपाल , सह( संयोजक जगतबहादुर कार्की, नबराज बस्नेत, रत्न बहादुर राउत , मस्लिम संघ प्रदेश नं १ सभापति डाक्टर ईस्राइल, सुनसरी काठमाडौ सम्पर्क समितिका सभापति बावुराम आचार्य, वराहक्षेत्र नगर सचिव खेम थापा , प्रेम प्रसाईं, तरुण दल वराहक्षेत्र पबन चाम्लिङ्ग लगायत सयौ क्रियासिल सदस्यहरुको उपथिति रहेको थियो ।
७ नम्बर वडामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि युबाहरु काँग्रेसमा समेत प्रवेश गरेका छन् । नव प्रवेसी कुलबहादुर तामाङ्ग, लालहादुर तामाङ , बिकास भण्डारी, हर्कबहादुर राई, जुनामाया कार्की, सनम राई, दिलकुमार लिम्बू, रबिन लिम्बू, रबि राई, सुबाष सुवेदी, सुवर्ण राई, सबिन राई, शंकर खड्का, एलिस कार्कीलगायत सयौंलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य कार्कीले अभीर लगाएर स्वागत गरेका थिए ।