सामाजिक सञ्जाल

संग्रौलाको टिप्पणीः अब नेपाली जनतालाई ओलीपछि अर्को ओली चाहिँदैन !

१६ पुष, काठमाडौं । बुद्धिजिवी तथा साहित्यकार खगेन्द्र संग्रौलाले अब मुलुकका नेपाली जनतालाई ओली पछि अर्को ओली नचाहिने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त संग्रौलाले यस्तो कटाक्ष गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेको बिरोधमा दाहाल-नेपालले मुलुकैभरी गरेको आन्दोलनलाई लिएर पनि उनले टिप्पणी पनि गरेका छन् ।

उनले सडकमा पुष्पकमल दाहाल–माभवकुमार नेपाल र झलनाथ खनालको बोलीमा दुच्छरपना, अभद्रता र अहंकार ओलीको बोलीमा भन्दा एक पित्को पनि कम नदेखिएको बताएका छन् ।

संग्रौलाले सडकमा दुई दिन असैध्दान्तिक गर्जन गरेर सत्ता हत्याउने दाउ दाहाल-नेपालको भएको हुनसक्ने भन्दै उनले भनेः ओली सरले बरू मर्छु, यिनको आकांक्षा पूरा हुन दिन्नूँ भनिसके त १

उनको ट्वीटः सडकमा दाहाल–नेपाल-खनालको बोलीमा दुच्छरपना,अभद्रता र अहंकार ओलीको बोलीमा भन्दा एक पित्को कम देखिएन । सडकमा दुई दिन असैध्दान्तिक गर्जन गरेर सत्ता हत्याउने यिनको दाउ होला, ओली सरले बरू मर्छु, यिनको आकांक्षा पूरा हुन दिन्नूँ भनिसके त ! लोकलाई ओलीपछि अर्को ओली चाहिँदैन !