पु.समाचार

कांग्रेसलाई कुनैपनि बहानामा एकदलीय शासन पद्धती मान्य हुँदैनः सभापती देउवा

१६ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापती शेरबहादर देउवाले कुनैपनि बहानामा एकदलीय शासन मान्य नहुने बताएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवस सन्र्दभमा काठमाडौंमा आज आयोजित भर्चुअल बैठकमा सभापती देउवाले यस्तो बताएका हुन् ।

ओली सरकार कम्युनिष्ट भएपनि सबैपार्टी प्रजातान्त्रीक मुलधारमा आएको भन्दै कुनैपनि बहानामा एकदलीय शासन पद्धती लाद्धन खोजे आाफुहरुले मान्न नसक्ने बताएका छन् । नेपाली कांग्रेसले प्रजातन्त्रमा खतरा आउन सक्नेकुरामा चनाखो भएर बस्ने भन्दै कसैले पनि प्रजातन्त्रमा खतरा पार्ने काम गरेमा नछाड्ने चेतावनी दिएका छन् ।

ओलीद्वारा अहिलेको अवस्थामा अचानक अलोकतान्त्रीक, असंबैधानीक, अप्रजातान्त्रीक संसद बिघटनको बिरोध पनि जनाएका छन् । नेपाली कांग्रेसले ओलीको उक्त कार्यको बिरोधमा आवाज उठाएर हिँडिरहेको र सबै निर्वाचन क्षेत्र भन्दै देशैभरी परिस्थित बनाईरहेको बताएका छन् ।

कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको र स्वतन्त्र न्यायपालीकामा विश्वास गर्ने भएकाले संसद बिघटन बिरुद्धको मुद्धा अदालतमा बिचाराधि रहेकोले आँफुहरुले अदातललाई यसो गर उसो गर भनेर आन्दोलन गर्दा कांग्रेसको नराम्रो छाप पर्न सक्ने भदै न्यायाँलयमाथि दबाब नदिने बताएका छन् । संसद बिघटन असंबैधानीक र अलोकतान्त्रीक कार्य भएकाको तर सरकारको उक्त कार्यको मुलुकैभरी बिभिन्न तरिकाले बिरोध जनाए पनि अदालतलाई डराएर धम्क्याएर नभई अदालतको स्वतन्त्र निर्णयलाई कुरीरहेको बताएका छन् ।

साथै ओली सरकारले गरेको संसद बिघटनमा आँफुहरुको बिमती रहेपनि कुनै हिँसा, आन्दोलन नगरी अघि बढ्ने देउवाको भनाई छ । सभापती देउवाले नेपाललाई पुर्ण हिँसामुक्त देश बनाउने सम्पुर्ण जनतालाई आफ्नो हक अधिकार माग्न स्वतन्त्रता मिल्ने निर्धक्कका साथ आफ्नो मत जनताले सरकारसमक्ष राख्नसक्नेगरी ह्युमनराईट मानबअधिकार सहितको व्यवस्था लडेर ल्याएको भन्दै यसलाई कसैलेपनि दबाउन वा मिच्न नसक्ने बताएका छन् । साथै प्रजातन्त्रलाई सत्तामा जाने कांग्रेस बाहेक जो कोहिले पनि कब्जा गर्न खोजेको बताएका छन् ।

बीपी कोइरालाले लिएको मेलमिलापको नीतिकै जगमा ०४६ सालको परिवर्तन सम्भव भएको जनाउँदै देउवाले उक्त नीतिले राजालाई पनि ठिक ठाउँमा ल्याउन खोजेको तर प्रजातन्त्रलाई राजाले निरन्तर प्रहार गरिरहेपछि देशले गणतन्त्रको बाटो लिएको बताए । मेलमिलाप नीतिकै बाटोबाट गिरिजाप्रसाद कोइरालाले हतियार बोकेर हिँडेका माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको पनि देउवाको भनाइ थियो ।