राजनीति

ओलीको संविधानमाथि नग्न हस्तक्षप/संबैधानी ‘कु’ ले देशलाई नयाँ द्वन्द्वतीर लग्योः नेता केसी

१८ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण देश अर्काे नयाँ द्वन्द्वतीर धकेलीएको बताएका छन् ।

एक सञ्चारमध्यमसंगको कुराकानीमा नेता केसीले ओलीद्वारा संविधानमाथिको नग्न हस्तक्षप र संबैधानी कु ले देशलाई नयाँ द्वन्द्व, नयाँ सङ्कट, नयाँ जटिलतातिर र शून्यतातिर उन्मुख गराएको बताएका छन् । आफ्नो पार्टी नेपाली कांग्रेसले ओलीको उक्त असंबैधानीक कदमका बिरुद्ध बिरोध गरेको र उक्त कार्य नसच्चिएसम्म चुप नबस्ने बताएका छन् ।

नेता केसीले अहिले संसद बिघटन गरेर संबिधानमाथिको आक्रमणले ओलीको बिधिबिहिनता र सर्वसत्तावादी सोच प्रकट भएको भन्दै यसले देशलाई अनिश्चिततातिर धकेलेकाले यसका बिरुद्ध नेपाली कांग्रेसले सशक्त संघर्ष गर्ने कुरा कांग्रेसले पहिले नै सार्वजनीक गरेको बताएका छन् ।

साथै नेता केसीले संसद बिघटनका बिरुद्ध संयुक्त आन्दोलनमा जाने बताएको कांग्रेस अलमलिएको हो त भन्ने प्रश्नमा उनले अलिे आफ्नो पार्टीले आँफैले संङघार्षको गतिलाई अगाडी बढाउँदै परिस्थितिको समिक्षा गरी आवस्यकता अनुसार संयुक्त संघर्षमा प्रवेश गर्न सकिने बताएका छन् ।

लोकतन्त्र र जनताका लागी संयुक्त आन्दोलनमा सहभागी हुन सकिने भन्दै अहिले सकैसंग टाँसिएर भन्दा पनि संबिधानमाथिको नाङगो हस्तक्षपका बिरुद्ध आफै अगाडी बढ्ने सोचमा रहेको बताएका छन् । नेता केसीले ओलीको असंबैधानीक कदम संबिधानमाथिको कुको नारा अन्तिमसम्म रहने भन्दै संबिधान रक्षा नै कांग्रेसको प्रमुख दायीत्व रहने बताएका छन् । साथै नेता केसीले ओलीद्वारा आगामी घोषीत मितिमा निर्वाचन कुनैपनि हालतमा हुन नसक्ने ठोकुवा गरेका छन् ।

उनले ओली सरकार बन्दा देखीनै भ्रमको खेती गर्दै आएको र आज आएर त्यो भ्रम साबित भएको टिप्पणी समेत गरेका छन् । नेता केसीले एकातिर कोरोना बाट जनता पीडित भएको, प्राकृतिक विपत्ति पीडडित पालमुनीबस्नुपर्ने अवस्था सरकारको एजेन्डा बन्न नसकेको कारण नेपालमा स्थिरता आएको र सबै पक्ष सलबलाउन थालेको बताएका छन् ।

यस्तै कांग्रेसको महाधिवेशन कहिले सम्म हुन सक्छ भन्ने प्रश्नमा आगामी फागुनमै गर्न सकिने बताएका छन् । साथै त्यसका लागी १५ दिनको सुचना दिएर अधिवेशन गर्न सकिने बताएका छन् ।