राजनीति

अध्यक्ष दहाललाई संकेत गर्दै प्रधानमन्त्रीले भने, ‘झरेको फलले रुखै मै हुँ भनेर दाबी गर्ने?’

१८ पौष, काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले नै नेकपाको आधिकारिकता पाउने र सुर्य चिन्ह पनि आफ्नो लगानीलाई सम्झेर निर्बाचन आयोगले आफूहरुलाई नि दिने दाबी गरेका छन् । अध्यक्ष ओलीले एकैछिनका लागिमात्र अध्यक्ष पुष्पकमल दहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको बताउँदै बालकलाई खेलौना किनेर दिएको केहीबेरमा नै आफ्नो बताए झैं आफ्नो भनेकोमा आश्चार्य लागेको बताए ।
नेकपा फुटेर दुई टुक्रा भएपनि नेपाल दहाल समूह र ओली समूहले आ–आफ्नो समूह आधिकारिक हो भनेर हिँडिरहेका बेला प्रधानमन्त्री ओलीले आफू नै नेकपाको अशली दाबेदार भएकेमा कुनै शंका नभएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले शनिबार काठमाडौमा आयोृजना गरिएको ओली पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने, ‘जसको घर हो, जसको जमिन हो, ऊ मेरो हो भन्दै निवेदन हाल्न जान्छ? यो पार्टी हामीले बनाएको हो। विधिसम्मत ढङ्गले पार्टी सञ्चालन गरिरहेका छौँ। झरेको फलले रुखै मै हुँ भनेर दाबी गर्ने ?’

नेपाल–दहाल पक्षलाई संकेत गर्दै ओलीले भने “उहाँहरुले बहुमत छ भन्नुहुन्छ । गफै त हो सम्धी, कुन महाधिवेशनले भन्यो ? उहाँहरुसँग बहुमत छ भनेर । कुनै एउटा जिल्ला र निर्वाचन क्षेत्रमा बहुमत ल्याएर देखाउनुहोस् त ! दाबी पनि कस्तो ? ,”