२४ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेले शाही राज्य चेतना बोकेका ओलीहरुको अन्त्य अवस्य हुने बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त नेता पौडेलले इतिहास साक्षी रहेको भन्दै शाही राज्य चेतना बोकेका ओलीहरुहरुको अन्त्य अवश्य हुने बताएका हुन् ।
युवा नेता पौडेलले फेरि व्यवस्थाकै लागि भनेर अर्को लडाई लड्ने नेपालको चाहना नभएको भन्दै देश बारम्बार प्रतिगमनमा नजाने धारणा व्यक्त गरेका छन् ।
उनले स्थायित्व र विकास सम्पुर्ण नेपाली जनताको साझा लक्ष्य भएकाले ओलीको शाहि राज्य चेतका बिरुद्ध सबै डटेर लड्नु पर्नेमा जोड दिएका छन् । साथै उनले प्रतिगमन विरुद्ध कुनै पनि सम्झौता नहुने जिकिर गरेका छन् ।
उनको ट्वीटः फेरि व्यवस्थाकै लागि भनेर अर्को लडाई लड्ने नेपालको चाहना छैन । देश बारम्बार प्रतिगमनमा अब गहिरहन सक्दैन । स्थायित्व र विकास, हाम्रो साझा लक्ष्य हो । डटेर लडौ । प्रतिगमन विरुद्ध कुनै सम्झौता हुँदैन । इतिहास साक्षी छ, शाही राज्य चेतना बोकेका ओलीहरुहरुको अन्त्य अवश्य हुन्छ ।






