राजनीति

ओली-प्रचण्डको चर्तिकला चित्त नबुझेको भन्दै प्युठानमा नेकपाका सयौं कार्यकर्ता कांग्रेसमा

२५ पुष, काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि नेकपा दुई भागमा बाँडीएको छ । ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल गरी दुई भागमा बिभाजित भएको छ । पार्टीका शिर्ष नेताका कारण पार्टी अस्तव्यस्त हुनुका साथै पार्टी बिभाजीत भएपछि नेकपामा कार्यकर्ताहरु नेतृत्वसंग यतिबेला रुष्ठ भएका छन् ।

यस्तै ओली-प्रचण्डको चर्लिकला चित्त नबुझेको भन्दै प्युठानमा सयौंको संख्यामा नेकपा लगाएतका कार्यकर्ता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रबेस गरेका छन् । पछिल्लो पटक प्युठानको सरुमारानी, गौमुखी, ऐरावती र मल्लरानी गाँउपालिकाका विकट बस्तीमा पुगेको कांग्रेसको अभियानमा एकसातामा ३ सय १७ जना पार्टी प्रवेश गरेको नेपाली कांग्रेस प्युठानका सचिव देवेन्द्र बर्माले बताएका छन् ।

उनका अनुसार नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष प्राध्यापक डा. गोविन्दराज पोख्रेल, पार्टी सभापति अमर भण्डारी, पुर्व सभापति शालिग्राम पण्डित, सुवास केसी, गाउँपालिका अध्यक्ष विष्णु गिरी, शिव रिजाल, नविलविक्रम शाह लगाएतको टोली अभियानमा खटेको छ ।

शुक्रबार गौमुखि गाउँपालिकाको दलित बस्ती बाग्लीबाङमा आयोजित कार्यक्रममा १८६ घरको गाउँ नै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । त्यस्तै सरुमारानी, ऐरावती, नौवहिनी र माण्डवी गाउँपालीकामा समेत ठूलो संख्यामा कांग्रेसमा प्रवेश गरेको पार्टी सभापति अमर भण्डारीले बताएका छन् ।