२५ पौष, काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले माओबादीका रगत बगाएका कार्यकर्ता र शान्तीप्रकृयाबाट यहासम्म ल्याउने प्रचण्डले एमालेससंग सहकार्य गरेर गलत गरेको बताए । नेता शर्माले प्रचण्डले धेरैलाई धोका दिएका कारण अहिले प्रचण्डलाई गिरिजा प्रसाद कोईरालाको याद आएको बताएका छन् । प्रधानमन्त्री ओलीलाई प्रचण्डले जन्मदिनको शुभकामना दिँदा प्रधानमन्त्रीले चाहिँदैन भनेको कुरा स्मरण गर्दै आजभन्दा २ बर्ष ३ महिना १३ दिन अगाडी माधव नेपालले देश डुब्न लागेकोले बचाईदिन आग्रह गरेको स्मरण गरेका छन् । उनले नेपालमा कम्युनिष्टले देश बिकास गर्न नसक्ने भन्दै संबिधानको धारा ७६ अनुसार संसद बिघटन गर्ने अधिकार नभएको भन्दै क्रिकेटको मैदानमा ब्यट्समेनले नै ब्याटिङ गर्ने उदाहरण दिएका छन् ।
नेपाली काँग्रेसका प्रभावशाली युवा नेता शर्माले असबैंधानिक कदम् सर्वसत्ताबाद बिरुद्ध केहि बेरमा काठमाडौंको प्रदर्शनी मार्ग बिरोधसभामा नेता बिश्व प्रकाश शर्माले नेकपा नेतृत्वको ओली सरकार बिरुद्ध आक्रमक रुपमा प्रश्तुत भएका छन् । बिश्वप्रकाशले गर्जिंँदै नेकपाको भर परेर नेपाली जनताले दुःख पाए, काँग्रेसलाई सम्झिएको बताए ।





