राजनीति

संसद बिघटनको अपराध गर्ने मुख्य अपराधी प्रधानमन्त्री ओली र राष्ट्रपति साझेदारः गगन थापा

२५ पौष, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता गगन कुमार थापाले २०७० साल कात्तिक २० गते अनि १०७४ सामल मंशिरमा पुन मत मागेर काम गर्ने भनिएको स्मरण गरेका छन् । उनले आफूहरुले देशभर भ्रष्टाचार बढेको, बेरोजगार बढेकोलगायतका माग गर्दै नेपाली काँग्रेसको साँसदको हैशियतले संसदमा कडा कुरा गर्न खोलजेको भएको प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेर आगो लगाएर आफैंलाई खरानी बनाएको बताए
उनले प्रधानमन्त्री पनि साँसद भएपछिमात्र प्रधानमन्त्री बनेको भन्दै साँसद नभएको भए सामानय झापाको नागरिक हुने बताए । उनले संबिधानले संसद बिघटन गर्ने अधिकार नदिएको भन्दै एक पटक प्रधानमन्त्री बनेपछि अबिश्वासको प्रस्ताव ल्याउन नपाईने संबिधानमा नियम बनाएको भन्दै संयुक्त राज्य अमेरिकामा जस्तै बजेट कहिले आउँछ भनेरसमेत लेख्न छलफल भएपनि एकादशीका कारण समस्या आएको बताए ।
नेता थापाले बहुमत प्राप्त गरेको सरकारले बैधानिकभन्दापनि अकै बिषय भएके बताए । उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई केन्द्रीय सदस्यलाई निकाल्न मिल्ने भएपनि केपी शर्मा ओलीलाई निकाल्न नमिल्नेजस्तै प्रधानमन्त्रीको सिफारिसमा संसद बिघटन गर्न नमिल्ने बताए । प्रधानमन्त्री ओलीले धनगढीमा गएर संबिधान पढ्न चुनौती दिएको प्रशंगलाई कोट्याउँदै खुलामञ्चमा सुवासचन्द्र नेम्वांग र अग्नी खरेललाई लिएर आए आफूले रामबरण यादबलाई लिएर आउने दाबी गरेका छन् ।
उनले किशान, मजदुर र बिद्यार्थीको बिजोग हुँदा पनि प्रधानमन्त्री ओलीले कुनै मतलव नगरेको भन्दै १० लाखभन्दा बढी बेरोजगार भएको, सयौं ब्यवशाय बन्द हुँदा पनि प्रधानमन्त्रीले बेवास्ता गरेको आरोप लगाए । प्रधानमन्त्रीले चुनावमा ३० औं अर्ब खर्च हुने भन्दै जनता र देशले निर्बाचन नमागेपनि प्रधानमन्त्री नागैं हिँडेको आरोप लगाए । उनले प्रधानमन्त्री नागैं हिंड्दा पनि वरिपरी बस्नेले ताली बजाएको बताए ।
नेता थापाले नेपालीको अर्थतन्त्र चौपट भएको समयमा जनतालाई राहत दिनुपार्ने बेलामा प्रधानमन्त्री ओली अराजकताको प्याकेजको रुपमा प्रधानमन्त्रीले पुष्ट्याईं गरेको बताए । उनले प्रधानमन्त्रीले कसैलाई पनि सम्मन नगरेको भन्दै आफूहरुलाई बालुवाटार बोलाउँदा बालकृष्ण खाँणको नेतृवमा जाँदा नै धेरै कुरामा उनले नबुझेको स्पष्ट भएको बताए । उनले राजनीतिक स्थीतरताको शुरुवात देशमा स्थापना भएको अवस्था आईसकेको भएपनि देशको अप्ठ्यारो अवस्थाको प्रमुख जिम्मेवार प्रधानमन्त्री केपी ओली र राष्ट्रपति बिद्याादेवी भण्डारी भएको आरोप लगाए । उनले राष्ट्रपति भण्डारीलाई आफूले भित्रैबाट सम्माननीय भन्न मन लाग्ने छाडेको भन्दै प्रधानमन्त्रीले देश र जनताका बिरुद्ध गरेको षढ्यन्त्रमा १८ मिनटमा सदर गरेको बिषय गम्भीर भएकोले राष्ट्रपतिलगायत यो अपराधको प्रधानमन्त्री ओली समूहकाहरु साझेदार भएको आरोप लगाए ।
नेता थापाले अदालतलाई प्रभावमा पार्न आफूसँग ६५ प्रतिशत भएको झुट कुरा गरेको भन्दै प्रधानमन्त्री ओली संसदका बिरुद्धमा सामना गर्न नसकेपछि कायर भएको पुष्टी भएको आरोप लगाए । उनले राष्ट्रपति भण्डारीलाई श्री ६ भएको आरोप लगाए ।
बालुवाटारको जग्गा खर्लप्पै खाने महासचिव बिष्णु पौडेल, ओम्नीको बिषयमा कुरा गर्दा प्रचण्ड र माधव नेपालले आफ्रना कुरा नसुनेको भन्दै अदालतले सरकारले गरेका निर्णय ठीक वा बेठीक भएको भन्दै अदालत अहिले परीक्षणमा रहेको दाबी गरेका छन् । उनले डोनाल्ड ट्रम्पले बनाएको न्यायधीशको बिषयमा उदाहरण दिँदै बिपीले भनेको न्यायालयको बिषयलाई जोडेका छन् । उनले न्यायधीशलाई दायाँबायाँ नहेरी संबिधान पल्टाएर हेर्न आग्रह गरेका छन् ।