२७ पुष, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन पुर्व राजा ज्ञानेन्द्र शाहको भन्दा पनि खतरनाक भएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले यो वा उ बहानमा ओली प्रतिगमनलाई न्यूनीकरण गर्ने गल्ती कसैले पनि गर्न नहुनेमा जोड दिएका छन् ।
डा.भट्टराईले ओली प्रतिगमन ज्ञानेन्द्र प्रतिगमन भन्दा पनि गम्भीर, खतरनाक र दूरगामी प्रकृतिको भएकाले यसका विरूद्ध राजनीतिक दल, न्यायालय लगायतका राज्यका सन्तुलनकारी अंग, आम नागरिक सबैको एकीकृत प्रतिरोध अनिवार्य रहेको बताएका छन् ।
ओली प्रतिगमणका बिरुद्धमा बिरोध गर्नु कोहि पनि चुक्न नहुनेमा जोड दिँदै उनले हिटलरबाट पाठ सिक्नुपर्ने बताएका छन् ।
उनको ट्वीटः ओली प्रतिगमन ज्ञानेन्द्र प्रतिगमन भन्दा पनि गम्भीर,खतरनाक र दूरगामी प्रकृतिको भएकाले यसका विरूद्ध राजनीतिक दल,न्यायालय लगायतका राज्यका सन्तुलनकारी अंग,आम नागरिक सबैको एकीकृत प्रतिरोध अनिवार्य छ । यो वा उ बहानमा ओली प्रतिगमनलाई न्यूनीकरण गर्ने गल्ती कसैले नगरौं । हिटलरबाट पाठ सिकौं !






