राजनीति

नेपाल दहाल पक्षले आयोगलाई सोध्योः केका आधारबाट ओलीका कागजपत्र लिनुभयो ?

२७ पुस, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दहाल र माधम कुमार नेपालसहितका नेताहरु निर्बाचन आयोग गई केपी शर्मा ओलीलाई के आधारमा नेकपाको अध्यक्ष भनिएको हो भनि प्रश्न गरेका छन् । अध्यक्षद्वयसहितका नेताहरुले निर्बाचन घोषणा भईसकेको अवस्थामा निर्बाचनका गतिबिधि गर्न जिल्लामा रोक लगाउनुपर्ने मागगर्दै उक्त प्रश्नहरु सोधेका हुन् ।
नेकपा नेताहरु राजेन्द्र पाण्डे, रामनारायण बिँडारीलगायतका नेताहरुले बिधि, पद्धती, संबिधान, ऐन, कानूनअनुसार निर्बाचन आयोगले निर्णय गर्नुपर्ने भन्दै ‘तपाईंहरुले केका आधारबाट उहाँहरुले बुझाएको कागजपत्रहरु सहज रुपमा लिनुभयो ?’ दहाल–नेपाल पक्षले निर्बाचन आयोगलाई सोध्यो । नेकपा अध्यक्ष केपी शर्मँ ओली र नेकपा अध्यक्ष पुष्पकमल दहाल समूहबीच केही दिन अगाडी भएको फुटका कारण दहाल –नेपाल पक्षले निर्बाचन आयोगमा आधिकारिक नेकपा आफूहरु भएको दाबी गरेको छ भने प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू नेकपाको घरबेटी भएकोले आधिकारिकताको बिषयमा आफूले दाबी गरिरहनुनपर्ने बताउँदै आएका छन् ।
पौष १७ मा निर्बाचन आयोगले ४० प्रतिशत पुर्याउन दाबी प्रश्तुत गर्न दहाल नेपाल समूहलाई लेखेको पत्र नियमबिपरीत भएको उनीहरुले बताएका छन् । जम्मा ४४५ जना केन्द्रीय सदस्य आफूहरुको पक्षमा रहेको भन्दै दुईतिहाई सदस्य भएकाले आफ्नो समूह आधिकारिक भएको दाबी नेपाल दहाल पक्षको छ । अर्कोतिर प्रधानमन्त्री पक्षले ११ सय ९९ जनाको केन्द्रीय समिति बनाएको अवस्थामा आधिकारिक कुन हो निक्र्योल गर्न कठीन छ । यसै अवस्थामा शसंकित भएका नेपाल दहाल समूह आज निर्बाचन आयोग गई चासो लिँदै आयोगलाई सचेत गराउने प्रयास गरेका छन् ।
आज निर्बाचन प्रकृया रोक्न लिखित निबेदन नै दिएर नेपाल दहाल पक्ष फर्किएका छन् ।