२८ पुष, काठमाडौं । नेकपाको पुष्पकमल दाहाल-नेपाल समुहले प्रदेश नम्बर १ का मुख्यमन्त्री सहित ८ जनालाई निलम्बन गरेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधनराई बिरुद्ध अविश्वासको प्रस्ताब दर्ता गराएको दाहाल-नेपाल समुहले ८ जना प्रदेशसभा सदस्यलाई तिन महिनाका लागी निलम्बन गरेको हो ।
उक्त समुहले निलम्बन गर्नहरुमा मुख्यमन्त्री राईसहित भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, न्याय प्रशासन तथा विधायन समिति सभापति इन्द्रमणि पराजुली, अम्बिका थापा र विमल कार्की रहेका छन् ।
दाहाल–नेपाल समूहका संसदीय दलका नेता भीमप्रसाद आचार्यले मुख्यमन्त्री शेरधन राईसहित आठ जनालाई संसदीय दलको बैठकमा उपस्थित नभएको र पार्टीको हितविपरीत काम गरेको भन्दै २४ घण्टे स्पष्टीकण सोधेको थियो । स्पष्टीकरण सोधेको चार दिनपछि निलम्बन गरिएको हो ।
नेपाल-दाहाल समुहका ३७ सांसदले १२ पुषमा मुख्यमन्त्री राईका बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । यस्तै प्रदेश १ को हिउँदे अधिवेषन माघ ७ बाट सुरु हुँदै छ । साथै पुस १५ गते मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाएर भीमप्रसाद आचार्यलाई दलको नेतामा चयन गरिएको थियो





