३ माघ, काठमाडौं । संसद बिघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधनीक कदमका बिरुद्ध आज कांग्रेस देशव्यापी बिरोधमा उत्रिँदै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपती बिद्यादेबी भण्डारीले संसद बिघटन गरेपछि नेकपाको दाहाल-नेपाल समुह, नेपाली कांग्रेस र जसपा लगाएतका दलहरु बिरोधमा उत्रिएका छन् ।
ओलीले गरेको संसद् विघटनको कार्यलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै आएको कांग्रेसले आज ७ सय ५३ वटै स्थानीय तहमा बृहत आन्दोलन गर्दै छ ।
यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुस १३ गते १ सय ६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।
भने आज सबै स्थानीय तहमा बिरोध जनाउने भएको हो । साथै शुक्रबार एक बिज्ञप्ति जारी गर्दै पार्टीका सभापती शेरबहादुर देउवाले आजको आन्दोलनमा सशक्त उत्रिन सम्पुर्ण नेता तथा कार्यकर्तामा अपिल गरेका छन् ।





