राजनीति

प्रधानमन्त्रीले असंवैधानिक कदम उठाउँछन् भने कांग्रेस टुलुटुलु हेरेर बस्दैनः नेता सिँह

३ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन सिफारिस गरेको भन्दै कांग्रेस टुलुटुलु हेरेर नबस्ने बताएका छन् । प्रतिनिधि सभा विघटन विरूद्द शनिवार वसन्तपुरमा आयोजित सभामा बोल्दै उनले प्रधानमन्त्री ओलीले आफैलाई संविधान ठान्न मिल्छ ? भन्दै प्रश्न पनि गरे ।
उनले राष्ट्र पति,प्रधानमन्त्री, सांसद सबैल् संविधानको पालना गर्नुपर्ने बताए ।
‘मै संविधान हुँ भनेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ ?’ नेता सिंहले भने, ‘कांग्रेसको नेतृत्वमा संविधान जारी भएको हो । निर्वाचित प्रधानमन्त्रीले असंवैधानिक कदम उठाउँछ भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन ।’ उनले संविधानको बर्खिलापमा प्रधानमन्त्रीले गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन गर्न पाइन्छ भन्दै प्रश्न गरे । संविधानको पालक भएकाले असंवैधानिक काम हुन नदिनु राष्ट्रपतिको दायित्व भएपनि राष्ट्रपति त्यसमा चुकेको उनको भनाइ थियो ।
त्यस्तै उनले सरकारले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गर्दा, जनतालाई नियन्त्रण गर्ने विधेयक ल्याउँदा प्रचण्ड, माधव नेपल, झलनाथ खनाल, बाबुराम भट्टराईहरू कत‌ै नबोलेको भन्दै अहिले पार्टीमा लेनदेन नमिलेपछि बोल्न थालेको बताए ।
बिरोध कार्यक्रममा काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँ, काठमाडौंमहानगरका मेयरका प्रत्यासी राजुराज जोशी, प्रदेश साँसद नरोत्तम बैद्य, उपमेयर हरिप्रभा खड्गीलगायतका नेताहरुले ओली सरकारको तीब्र रुपमा बिरोध गरेका थिए ।