राजनीति

संसद बिघटनबिरुद्ध दाहाल-नेपाल समुहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै

८ माघ, काठमाडौं । संसद बिघटनका बिरुद्ध नेकपाको दाहाल-नेपाल पक्षले आज शक्ति प्रदर्शन गर्दैछ ।

उक्त समुहले आज काठमाडौंमा नौ स्थानबाट बृहत् जुलुस निकाल्ने तयारी गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपती बिद्यादेबी भण्डारीले संसद बिघटन गरेपछि नेकपा दुई समुहमा बाँडिएको छ । एउटाको नेतृत्व स्वयंम ओलीले गरेका छन् भने अर्काे समुहको नेतृत्व दाहाल-नेपालले गरेका छन् ।

साथै संसद बिघटन गर्ने ओलीको असंबैधानीक कदमका बिरुद्ध एक महिनादेखि आन्दोलनरत दाहाल-नेपाल समूहले दोस्रोपटक काठमाडौं केन्द्रित बृहत् जुलुस र विरोध-सभा आयोजना गर्न लागेको हो ।

जसअनुसार काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, प्रदर्शनीमार्ग, शान्तिबाटिका, त्रिचन्द्र कलेज, वाल्मीकि कलेज र ललितपुरको कुपण्डोलबाट बिहान ११ बजेबाट र्याली निकाल्ने तयारी भएको जानकारी दिँदै उसले समयभित्रै सहभागी हुन पार्टीपंक्तिलाई निर्देशित गरेको छ ।

स्थायी कमिटी सदस्यहरूको नेतृत्वमा ती स्थानहरूबाट सुुरु हुने जुलुस रत्नपार्कमा जम्मा भएपछि मूल जुलुस अघि बढ्ने र भद्रकाली, सहिदगेट, आरएनएसी, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा विरोध-सभामा परिणत हुने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

जुलुसलाई व्यवस्थित गर्न प्रचण्ड-नेपाल समूहले युवा संघ र अनेरास्ववियु सहभागी दुई हजारको संख्यामा स्वयंसेवक परिचालन गर्ने तयारी गरेको छ  । मूल जुलुसपछिको विरोध-सभालाई अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्नेछन् ।

यसअघि प्रचण्ड-नेपाल समूहले १४ पुसमा त्यही स्थानमा बृहत् विरोध-सभा आयोजना गरेको थियो । विरोध प्रदर्शनको तयारीको सिलसिलामा प्रचण्ड-नेपाल समूहका युवा विद्यार्थीले बुधबार प्रचारात्मक मोटरसाइकल र्याली तथा बिहीबार साँझ मसाल जुलुस प्रदर्शन गरेका थिए  ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्ड–नेपाल समूहले विरोध प्रदर्शनमा सहभागी हुन सबैलाई अपिल गरेको छ । त्यस्तै, श्रेष्ठले प्रदर्शन शान्तिपूर्ण हुने भन्दै भ्रममा नपर्न पार्टीपंक्ति र जनसमुदायको ध्यानाकर्षण पनि गराएका छन् ।