राजनीति

हिटलर जस्तै निरंकुुश र तानाशाही प्रबृत्तिले ओलीको पतन निश्चितः डा.भट्टराई

९ माघ, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तानाशाही र निरंकुश हिटलरसंग तुलना गरेका छन् ।

प्रेस नेपालले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले हिटलर जस्तै निरंकुश र तानाशाहि प्रबृत्तिले ओली छिट्टै पतन हुने ठोकुवा समेत गरेका छन् ।

उनले प्रधानमन्त्रीको यस्तो प्रबृत्तिले आँफुमात्रै नभई सिंगो देशलाई पनि बर्बाद पार्ने बताएका छन् । डा.भट्टराईले प्रधानमन्त्री ओलीका कदम प्रतिगमनकारी मात्रै नभई लोकतन्त्र र संबिधानमाथिकै प्रहार भएको टिप्पणी गरेका छन् ।

पत्रकार सम्मेलनमा उनले दुई तिहाई मत प्राप्त प्रधानमन्त्री ओलीले राज्यका सबै अंगलाई नियन्त्रणमा लिएर प्रतिनिधिसभा भंग गर्नु चरम निरंकुशता र तानाशाही प्रवृत्ति भएको भन्दै ओलीको कटाक्ष गरेका छन् ।

साथै डा.भट्टराईले ओली आन्तरिक रुपमा धेरै महत्वाकांक्षि भएकाले बिदेशी शक्तिले उपयोग गरेको आरोप समेत लगाएका छन् । साथै उनले ओलीले गरेको संसद बिघटनलाई जनताको बलमा सच्याउनु बाहेक अरु कुनै बिकल्प नरहेको समेत बताएका छन् ।