काठमाडौं । सर्वाेच्च अदालतको संवैधानिक इजलासमा आज अदालतको सहयोगी (एमिकस क्युरी)ले राय राख्ने भएको छ । प्रतिनिधिसभा विघटनविरूद्ध दायर रिटमा सोमबार पक्ष-विपक्षको बहस सकिएपछि एमिकस क्युरीले आजबाट राय राख्नेछ ।
नेपाल बार एसोसिएसनबाट तीन र सर्वाेच्च अदालत बार एसोसिएसनबाट दुई गरी पाँचजना वरिष्ठ अधिवक्ताको एमिकस क्युरी छ ।
पूर्णमान शाक्य, विजयकान्त मैनाली, बद्रीबहादुर कार्की, गीता संग्रौला र सतिशकृष्ण खरेलको एमिकस क्युरीले प्रतिनिधिसभा विघटनको विषयमा आफ्नो राय राख्नेछन् ।
एमिकस क्युरीको राय सुनेपछि केही दिनमै इजलासले फैसला सुनाउनेछ । गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । विघटन असंवैधानिक भन्दै दायर १३ वटा रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।





