पु.समाचार

पुर्व राजा शाहको आक्रोशः नागरिक प्रताडित हुनेगरी गरिएको ताण्डव सैह्य छैन

१६ फागुन, काठमाडौं । पुर्व राजा ज्ञानेन्द्र शाहले अरूको सुविधाको लागि मातृतुल्य आफ्नो मुलुकका आम नागरिक प्रताडित हुनेगरी गरिएको ताण्डव सैह्य छैन भनेका छन् ।
पुर्व राजा शाहले आफैंले बनाएको संविधान अनि त्यसको मूल मर्ममा प्रहार गरी अट्टाहास गर्ने कुण्ठित मानसिकताका केही नेतागण तथा शासन प्रणालीमा हावी भएका छुद्र मानसिकता सहितका व्यक्तित्वहरू देशका शत्रु भन्दै राजनीतिक दलहरुका पछिल्ला कृयाकलापप्रति असन्तुष्टीसहित कडा आक्रोश पोखेका हुन् ।
पुर्व राजा शाहको ट्वीटः आफैंले बनाएको संविधान अनि त्यसको मूल मर्ममा प्रहार गरी अट्टाहास गर्ने कुण्ठित मानसिकताका केही नेतागण तथा शासन प्रणालीमा हावी भएका छुद्र मानसिकता सहितका व्यक्तित्वहरू देशका शत्रु हुन्। अरूको सुविधाको लागि मातृतुल्य आफ्नो मुलुकका आम नागरिक प्रताडित हुनेगरी गरिएको ताण्डव सैह्य छैन ।