राजनीति

महामन्त्री डा कोईराला, नेता गुरुङसहित काँग्रेस नेता कार्यकर्ता पुगे नर्भिकमा नेता श्रेष्ठलाई भेट्न

१८ फागुन, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शसाँक कोईराला नर्भिक अस्पतालमा उपचार गराईरहनुभएका काँग्रेस केन्द्रीय सदस्य तथा पुर्वमन्त्री गोपालमान श्रेष्ठलाई भेट्न पुगेका छन् ।
काँग्रेस केन्द्रीय सदस्य तथा युवा नेता धनराज गुरुङ, नेता शंकर पाण्डेसहित नर्भिक अस्पताल पुगेका डा कोईरालासहितको टिमले नेता श्रेष्ठको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको छ ।
नेता श्रेष्ठलाई भेट्न नेपाली काँग्रेसका माथील्लो तहका नेता तथा शुभचिन्तकहरुको भीड लागेको छ । मंगलबारमात्र समस्या आएपछि नर्भिक अस्पतालमा भर्ना हुनुभएका नेता श्रेष्ठ भन्दा केहीदिन अगाडी नै अर्का काँग्रेस केन्द्रीय सदस्य एवं पुर्वमन्त्री नबिन्द्रराज जोशी ब्रेन हेम्रेजका कारण नर्भिकमा नै उपचार गराईरहनुभएको छ ।