२० फागुन, चितवन । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले प्रतिगमनका मतियारका रुपमा चिभनिएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गरेर काँग्रेस अगाडी बढ्न नसक्ने बताएका छन् ।
बरिष्ठ नेता पौडलसँग बिगतमा नेकपा अर्का पक्षका अध्यक्ष पुष्पकमल दहाल र माधव कुमार नेपाल पक्षले दिएको धोका पुनः दोहोरिन सक्ने प्रश्न गर्दा राजनीतिमा कहिले कसले कतिखेर धोका दिने नौलो कुरा होईन मात्र अहिलेको राजनीतिक आवश्यक्ता के हो महत्वपूर्ण हुने बताए ।
नेता पौडेलले भरतपुरकमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै भने, ‘यस्तो बेलामा केपी ओलीलाई सपोर्ट गर्नु कांग्रेसको नैतिकताले दिँदैन । प्रचण्ड र माधवको विषयमा पोजिटिभली हुन सकिन्छ । यसमा पोजिटिभली छलफल हुन्छ ।’
नेता पौडेलले अहिले दहाल–नेपाल समूहसँग मिलेर काँग्रेसले सरकार निर्माण गरे राम्रो हुने संकेतसमेत गरेका छन् । हिजोको चितवनको कार्यक्रममा ५ बर्ष सरकार प्रतिपक्ष्ाँमा बस्ने भनेका पौडेलले आज यथास्थीतीमा रहन नसक्ने भन्दै काँग्रेस सरकारमा जाने नजाने कुराको टुंगो लगाउनसमेत छलफल चलिरहेको जिकिर गरे ।





