२० फागुन, चितवन । सरकार र नेकपा विप्लप समूहबीच थतीन बुँदे सहमती भएको छ । नेपाल सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेकपा बिप्लपका तर्फबाट खड्गबहादुर बिश्वकर्मासंयोजक रहेको वार्ता टोलीले गरेको सहमतीअनुसार नेकपामाथी लगाईएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीहरु रिहाई गर्ने र नेकपाका नेताहरुमाथी लगाईएको सम्पूर्ण मुद्धाहरु खारेजी गर्ने रहेका छन् ।
नेकपा बिप्लव समूह र सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका तर्फबाट पार्टीका महासचिव नेत्रबिक्रम चन्द बिप्लपले सम्बोधन गर्ने र बिष्तृत बिबरण सार्बजनिक गर्ने बताईएको छ ।
नेकपा अध्यक्षसमेत रहेका पुष्पकमल दहाल र प्रधानमन्त्री ओलीबीच बिबाद रहेपनि सरकारले विप्लपसँगको वार्तालाई पहिलोचरणमा नै केही निष्कर्षमा ल्याउने प्रयास गरेको छ । फागुन २१ गते २ बजे बिशेष समारोहकाबीच सहमती सार्बजनिक गर्ने सरकार र विप्लप पक्षीय नेकपाको सहमती भएको छ ।






