राजनीति

सरकार र बिप्लवबिचको वार्ता र सहमति सकारात्मकः अध्यक्ष थापा

२० फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले सरकार र बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीचको सहमतिलाई लिएर आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीट माफर्त सरकार र बिप्लवबिचको वार्ता र सहमति सकारात्मक रहेको बताएका छन् । सरकार र बिप्लव नेकपाबीच बिभिन्न तिन बुँदे सहमती भएको छ ।

सहमती अनुसार सरकारबाट बिप्लव नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ गर्ने र मुद्दा खारेजी गरिने उल्लेख छ । सहमतिको विस्तृत विवरण भने शुक्रबार अपराह्न २ बजे विशेष समारोहका बीच सार्वजनिक गरिने सहमतिपत्रमा उल्लेख छ ।

अध्यक्ष थापाले सम्वाद र शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्याको समाधान खोज्ने नेकपाको प्रतिबद्धता स्वागत योग्य रहेको समेत बताएका छन् ।

उनको ट्वीटः नेपाल सरकार र नेकपा विप्लव समुहका बिचमा भएको सहमति सकारात्मक छ । सम्वाद र शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्याको समाधान खोज्ने नेकपाको प्रतिबद्धता स्वागत योग्य छ।