राजनीति

प्रधानमन्त्री ओली बिग्रीएको कम्युनिष्ट वा कुहिएको अण्डा हुन्ः अध्यक्ष दहाल

२२ फागुन, काठमाडौं । नेकपा अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुहिएको आलुको संज्ञा दिएका छन् । अध्यक्ष ओलीको पछिल्लो कदमलाई माओत्सेतुङले कम्युष्टि बिग्रेपछि कुहिएको आलु हुने भनेको कुरालाई तुलना गर्दै पछिल्लो समय प्रधानमन्त्री ओली कुहिएको आलु भएको तर्क गरेका छन् ।
अध्यक्ष दहालले अण्डा खाँदा पौष्टिक तत्व पाि पाईने र स्वादिष्ट पनि हुने भएपनि उक्त अण्डा कुहिएपछि कामै नलाग्नेगरी बिग्रीने भन्दै ‘कुहिएको गन्हाएको अन्डालाई खाइँदैन नि ! त्यसलाई गाडिन्छ या जलाइन्छ । तपाईं हामीचाहिँ स्वस्थ्यवर्द्धक जीवनशील तत्व हो ।’ भनेका छन् । अध्यक्ष दहालले बिप्लव नेकपा वार्तामा आएर राम्रो भएको तर्क गर्दै भने, ‘विप्लवजी पनि अन्तत्वगत्वा पार्टीकै बाटोमा, मैले कोरेकै गोरेटोमा आइपुग्नुभएको छ । यसअर्थमा म उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु र छिट्टै यस्तै कार्यक्रममा उहाँलाई स्वागत गर्ने प्रतिक्षामा रहेको कुरा पनि घोषणा गर्न चाहन्छु । अन्ततः उहाँ यही ठाउँमा, यही लाइनमा, यही टिममा आउनै पर्छ । मैले धेरै पहिले भनेको थिएँ । जतिबेला उहाँ मबाट अलगिनुभयो । एउटा दिन आउनेछ, जुन दिन तपाईं यहाँ हुनुहुनेछ भनेको थिएँ ।’
अध्यक्ष दहालले कार्यक्रमको धेरैजसो समय प्रधानमन्त्री केपी ओलीको बिरोध गर्नमा खचिएका थिए ।