राजनीति

संसद बैठक राजनीतिकबृतमा बन्दैछ चासोपूर्ण, ओली नै देखिन्छन् आधिकारिक

२३ फागुन, काठमाडौं । संसद पुनस्थापनापछि १० दिन भित्र बैठक राख्न दिएको सर्बोच्च अदालतको आदेश बमोजिम राखिएको आजको संसद बैठक राजनीतिकबृतमा चासोको बिषय बन्ने देखिएको छ । २५ प्रतिशत साँसदको हस्ताक्षरबाट सभामुख अग्नी सापकोटाको बिषय र नेकपा बिबाद अनि संसद बिघटन र पुनःस्थापनाकाबीच बस्न गईरहेको अधिवेशनमा कतिपयले हातहालाहालको अवस्था आउन सक्ने टिप्पणी गरेको छन् ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमास्पष्ट बहुमत रहेको जनाउँदै आफ्ना पक्षका साँसदहरुलाई तयारीका साथ आउन भनेका छन् । अध्यक्ष पुष्पकमल दहाल र नेपाल दहाल पक्ष दुबैले नेकपाका आधिकारिक आफ्नो समूह भएको बताएका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई दुबैं पार्टीले औपचारिक वा अनौपचारिक ढंगबाट सहकार्य गर्न आग्रह गरेपनि नेकपा फुटको शुनिश्चिततापछिमात्र निर्णय दिने बताएको छ । नेपाली काँग्रेस पर्ख र हेरको रणनीतिमा देखिन्छ भने नेकपाका दुबै समूह आफु संसदमासमेत आफ्नो बर्चश्व जमाउने रणनीतिमा देखिएका छन् ।
नेकपाका दुबै समूहले एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने र कारबाही गरेको पदमा अर्को ब्यक्तीलाई राख्ने परम्परै चलेपनि नेकपाका आधिकारिक अध्यक्ष र संसदीय दलको नेता प्रधानमन्त्री नै भएकाले अर्को पक्षलाई आधिकारिकता पाउन गाह्रो हुने बिश्लेशण राजनीतिक बृतमा हुन थालेको छ ।