राजनीति

प्रधानमन्त्रीसँग बिश्वासको मत लिने वा राजिनामा दिनेमात्र बिकल्पमात्र बाँकीः अध्यक्ष थापा

२३ फागुन, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको बताएका छन् । उनले ट्वीट गर्दै यस अवस्थामा अपवित्र गठवन्धन बनाएर सरकार बनाउन अस्विकार गरी कंग्रेसले नयॅा चुनावको बाटो खोलिदिनु पर्छ भनेका छन् ।
अध्यक्ष थापाले आज सर्बोच्च अदालतले ऋषि कट्टेलको नेकपाको नाममा अर्कै नेकपा गठन प्रकृयालाई खारेज गर्दै नेकपा एमाले र माओबादी केन्द्रलाई ब्यूँत्याएपछि ट्वीट गर्दै ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ, अब प्रधानमन्त्रीले संसदमा बिश्वासको मत लिनुपर्छ वा राजिनामा दिनुपर्छ भनेका छन् ।
अध्यक्ष थापाले ट्वीटमा भनेका छन्, ‘ताजा जनादेश विना कंग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन वा अरुलाई सरकार बनाउन सहयोग नगर्ने हो भने संविधानको धारा ७६९७० बमोजिम स्वतः नयॅा चुनावमा जाने अवस्था बन्छ।यसले अस्थिरता र अराजकताको अन्त्य गरी प्रजातान्त्रिक मुल्य मान्यता बलियो बनाउने छ ।’
उनले जोडेका छन्, ‘निवेदकको मागमा मात्र सिमित नरही ‘न्यायिक सक्रियता’को आधारमा सर्वोच्च अदालतले विद्यमान राजनीतिक संकटरगतिरोध अन्त्यको बाटो देखाईदिएको छ। अब सत्ताको फोहरीखेलमा नलागी ताजा जनादेशमा जानु आवश्यक छ।नेपाली कंग्रेस निर्णायक स्थानमा छ–अपवित्र गठवन्धन बनाई सत्ताभोग गर्ने वा नयॅा चुनावमा जाने ।’