राजनीति

महिलामाथि हुने विभेद अन्त्यका लागी सबै दृढ संकल्पित बनौंः गगन थापा

२४ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगनकुमार थापाले महिलामाथि हुने हुने हरेक खालका विभेद अन्त्यका लागी सबै दृढ संकल्पित बन्नुपर्नेमा जोड दिएका छन् ।

१ सय ११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना दिँदै नेता थापाले महिलामाथि हुने विभेदको अन्त्य र सम्मानपूर्वक बाच्न पाउने वातावरण निर्माणमा दृढ संकल्पित बन्नुपर्ने बताएका हुन् ।

साथै नेता थापाले महिलाको सुरक्षा र सम्मान, पहुँच र प्रतिष्ठा, पहिचान र प्रगति संविधानमा लेखेको भन्दै अब कानून र व्यवहारमा पनि कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्र गरेका छन् । उनले अगाडी भनेका छन्,आफैबाट गरौं, जहाँ छौं त्यहीबाट गरौं ।

उनको ट्वीटः महिलाको सुरक्षा र सम्मान, पहुँच र प्रतिष्ठा, पहिचान र प्रगति संविधानमा त लेख्यौं अब कानून र व्यवहारमा पनि कार्यान्वयन गरौं । आफैबाट गरौं,जहाँ छौं त्यहीबाट गरौं । महिलामाथि हुने विभेदको अन्त्य र सम्मानपूर्वक बाच्न पाउने वातावरण निर्माणमा दृढ संकल्पित बनौं । महिला दिवसको हार्दिक शुभकामना !