राजनीति

सुर्यको दाहाल-नेपाल तिर कटाक्षः ओलीलाई पार्टी सदस्यताबाट निष्कासित गर्ने अपराधीलाई सम्झिरहेको छु

२५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले दाहाल-नेपाल लक्षित अर्काे प्रहार गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त बारम्बार उक्त समुहप्रति गर्जिँदै आएका थापाले ओलीलाई पार्टी सदस्यताबाट निष्कासित गर्ने अपराधीहरूको झलझली सम्झना भइरहेको छ भनेका छन् । उनले दाहाल-नेपाललाई अपराधि भनेका छन् । 

उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ भनेका छन् ।

जनताले दुई तिहाइको जनादेश दिएकोमा सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिको बल लगाउने यिनको अनैतिक हर्कत बिर्सन मिल्दैन भन्दै टिप्पणी समेत गरेका छन् ।

उनको ट्वीटः प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ । जनताले दुई तिहाइको जनादेश दिएकोमा सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिको बल लगाउने यिनको अनैतिक हर्कत बिर्सन मिल्दैन ।