२५ फागुन, गौरादह । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईरालाले नेपाली काँग्रेसको १४ औं अधिवेशन समयमा नै गर्नुपर्ने बताएका छन् । उनले काँग्रेसको केन्द्रदेखी वडासम्मको अधिवेशन भदौसम्मा नगरे नेकपाको जस्तै हालत काँग्रेसको नहोला भन्न नसकिने बताए ।
डा कोईरालाले नारायणहिटी देखाउँदै भाषण गर्दा राजा आउँछ, हिन्दू धर्म आउँछ भन्ने अनुमान प्रधानमन्त्रीसँग लगाएको स्मरण गर्दै प्रधानमन्त्रीले जे पनि कुरा बोल्ने हुँदा जनताले बिश्वास नगने बताए । उनले प्रधानमन्त्रीले आफूले राजा महाराजा आफैं हुँ भन्ने भावना राखेर कानून नमानी हिँडिरहेको भन्दै संसद बिघटन गर्दै बैंसाख १७ र २७ गते आम निर्बाचन हुन्छ भनेको कुराको बिरुद्धमा काँग्रेसले बिरोध गरेको बताए । देशभर वडास्तरसम्म संसद भंगको बिरुद्धमा संसद पुनःस्थापना भएको भन्दै त्यसपति पनि प्रधानमन्त्रीको बोलीम परिवर्तन नभएको बताए ।
नेपाल ठाकुर समाजको साधारण सभामा बोल्दै प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भएपनि नदिएपछि बिश्वासको मतभने लिनुपर्ने अनिबार्य भएको बताए ।
उनले आफुहरु पर्ख र हेरको नीतीमा भएपनि अहिले प्रमुख प्रतिपक्षी दलको हिसावले काँग्रेसले अबिश्वासको मतको पक्षमा भोट हाल्ने धर्म निर्बाह गर्ने बताए । नेता कोईरालाले अहिलेको जटिल परिस्थितिमा निर्बाचनबाहेक अर्को बिकल्प नभएको बताए । उनले संसद पुनःस्थापना नभएको भए संबिधान नै कोल्याप्स भई देशमा द्वान्द्व श्रृजना हुने सम्भावना रहेपनि संसद पुनस्थापना पनि राम्रो भएको बताए । उनले अव सबैले निर्बाचनको तयारीमा लाग्नुपर्ने बेला आएको भन्दै संगसंगै अधिवेशनको तयारीम पनि लाग्नुपर्ने बताए ।
नेता डा कोईरालाले ओली एमाले वा पुष्पकमल दहालको नेतृत्वको पार्टीमा मिलेर निर्बाचनमा गएमा काँग्रेसलाई राम्रो नहुने बताए । उनले संसद अनिर्णयको बन्दी बनेको भन्दै निर्बाचनबाट आएको नयाँ संसदले देशलाई अगाडी बढाउने निश्चित भएको बताए । उनले अहिलेको काँग्रेस नेतृत्वले काँग्रेसलाई पुनः अधिवेशनपछि अगाडी बढाउन सक्छ भन्ने नदेखेको बताए । उनले केन्द्रदेखी वडास्तरसम्म महिलालाई ३३ प्रतिशत महिलाहरुलाई सुनिश्चितता हुनुपर्ने भन्दै त्यसका लागि महिलाहरु नै लाग्नुपर्ने बताए । उनले नेविसंघ, तरुण दल, महिला संघ, दलित संघलगायतका काँग्रेस भातृसंस्थाको अधिवेशन हुन नसकेको धेरै भएको भन्दै पुरानो नेतृत्वले पार्टीलाई पुनःजीर्वीत गर्न नसक्ने आफूले देखेको बताए । नेकपा एमाले र माओबादी केन्द्र दुबै कम्युनिष्ट भएका र उनीहरु क्याडरबेस पार्टी भएको भन्दै काँग्रेसले संगठन चुस्त दुरुस्त भएमात्र एक नम्बरको पार्टी बनाउन सकिने दाबी गरे । उनले ६० प्रतिशत युवाहरु र महिलाहरुलाई टिकट दिएमात्र नेपाली काँग्रेसलाई जिताउन सकिने बताए । उनले केन्द्रमा ४० प्रतिशत युवाहरुलाई अनिवार्य सीट सुनिश्चित गर्नुपर्ने भन्दै त्यसका लागि पार्टी जिम्मेवार भएर लाग्नुपर्ने समय आएको बताए
नेता डा कोईरालाले आफूले काँग्रेस कार्यकर्तालाई आफुले अन्याय हुन नदिने भन्दै ढुक्क भएर काम गरेमा टिकट दिलाउन आफु लागि पर्ने भन्दै काँग्रेसमा जातीयता र साँप्रदायस्कतामा लाग्ने परम्परा भएकोले त्यो त्याग्न जरुरी भएको बताए । उनले वडाले नगरलाई, नगरले प्रदेश–क्षेत्रलाई र प्रदेश–क्षेत्रले जिल्लालाई र जील्लाले केन्द्रलाई सोध्ने गरेको आफुले बुझेको र केन्द्रले चैं कसलाई सोध्ने हो मलाई थाहा नभएको बताए । उनले देशभरका हरेका वडा नै कार्यक्रम गर्न सक्षम भएको भन्दै कसैलाई नसोधी पार्टी र माटोलाई सम्झिएर काम गर्न आग्र गरे । ठाकुर समाजको अधिवेशनलाई सम्बोधन गर्दै, सुभकामना दिँदै प्रमुख अतिथी रहेका डा कोईरालाले उक्त कुरा बताएका हुन् ।





