राजनीति

आज फेरी बस्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक

२६ फागुन, काठमाडौं । माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज फेरी बस्ने भएको छ । आज बस्ने बैठकमा सरकारलाई दिएको समर्थन, सत्ता समीकरण, पार्टी सुदृढिकरण लगाएको बिषयमा छलफल हुने भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडाँमा बिहान ११ बजे बस्ने बैठक पछिल्लो राजनीतिक अवस्था केन्द्रित हुने भएको छ । यस्तै मंगलबार बसेको बैठकमा सरकारलाई दिएको समर्थनमा के गर्ने भन्ने बिषयमा कुनै छलफल नै भएन ।

यस्तै मंगलबार अध्यक्ष पुष्पकमल दाहालले सत्ता समिकरणको बिषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघिय परिषदल अध्यक्ष डा बाबुराम भट्टराईसंग छलफल गरेका थिए