सामाजिक सञ्जाल

ओलीको अन्तिम इच्छा जसरी पनि प्रधानमन्त्री होेईरहन पाउँ भन्ने भयो: खगेन्द्र संग्रौला

२८ फागुन, काठमाडौं । लेखक खगेन्द्र संग्रौलाले ओली सरको अन्तिम इच्छा ‘ज्यानमा एक मुठ्ठी प्राण छउन्जेल आफू प्रधानमन्त्री भइरहन पाऊँ’ भन्न थालेको बताएका छन् । जसपाको महन्थ गुटको समर्थन पाउन रेशम चौधरी लगायतको रिहा,संविधान संशोधन र मागेजति रोज्जा मन्त्री पद भन्दै उक्त आरोप लगाएका छन् ।
अन्तिम इच्छा प्रधानमन्त्री पद रहेको भन्दै ओलीले मौसमी राष्ट्रवाद लगायत बाँकी सबै कुरा भाँडमा जाऊन् भनेको बताएका छन् ।
संग्रौलाको ट्वीटः ओली सरमा उर्लिएको उदारता, गाँठ्ठे१ जसपाको महन्थ गुटको समर्थन पाउन रेशम चौधरी लगायतको रिहा, संविधान संशोधन र मागेजति रोज्जा मन्त्री पद। ओली सरको अन्तिम इच्छा ‘ज्यानमा एक मुठ्ठी प्राण छउन्जेल आफू प्रधानमन्त्री भइरहन पाऊँ’ मौसमी राष्ट्रवाद लगायत बाँकी सबै कुरा भाँडमा जाऊन्!