राजनीति

नेकपा कुर्सी/पैसाको झगडाले फुट्यो, जनतालाई धोका दियोः अध्यक्ष थापा

२९ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले नेकपा कुर्सी र पैसाको झगडाले फुटेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष थापाले चुनावमा जनताले स्थायित्व र समृद्धिको लागि कम्युनिष्टलाई मत दिएर जिताएपनि नेकपा कुर्सी र पैसाको झगडाले फुटेको भन्दै जनतालाई धोका दिएको बताएका छन् ।

उनले त्यही असफल र भ्रष्ट कम्युनिष्टसॅग मिलेर सरकार बनाउने कंग्रेसको चाहना उदेक लाग्दो रहेको कटाक्ष गरेका छन् । कम्युनिष्टसॅग मिलेर सरकार बनाउॅन अस्विकार गरी कंग्रेस नयॅा चुनावमा जानुपर्नेमा उनको जोड छ ।

उनको ट्वीटः गत चुनावमा जनताले स्थायित्व र समृद्धिकोलागि कम्युनिष्टलाई मत दिएका हुन् । नेकपा कुर्सीरपैसाको झगडाले फुट्यो,जनतालाई धोका दियो । त्यही असफलरभ्रष्ट कम्युनिष्टसॅग मिलेर सरकार बनाउने कंग्रेसको चाहना उदेकलाग्दो छ । कम्युनिष्टसॅग मिलेर सरकार बनाउॅन अस्विकार गरी कंग्रेस नयॅा चुनावमा जानुपर्छ