फाल्गुन २९, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोभ र हतार गर्ननहुनेमा जोड दिएका छन् ।
आज नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले परिस्थिति आईपर्यो भने जिम्मेवारीबाट नभाग्ने पनि स्पष्ट पारेका छन् । सभापति देउवाले नेपाली कांग्रेस पार्टीभित्र महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको बताएका छन् ।
साथै सभापति देउवाले कम्युनिस्ट पार्टीको विरुद्धमा लड्नुपर्ने बेला भएको पनि बताएका छन् । कम्युनिस्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागु गर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउनका लागि कम्युनिस्ट पार्टीको खिलापमा लड्नुपर्ने बेला आएको बताएका हुन् ।
कम्युनिस्टहरु प्रजातन्त्रको खिलापमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा सभापति देउवाले देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको पनि बताएका छन् । महिलाहरुलाई पार्टीमा आकर्षित नगराए पार्टीको जित नहुने उनको भनाई छ ।
सभापति देउवाले देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको पनि बताउनु भएको हो । नेपाली कांग्रेसले लोभ र हतार गर्नुनहुने भन्दै उनले परिस्थिति आईपर्योभने जिम्मेवारीबाट नभाग्ने पनि स्पष्ट पार्नुभएकोे छ । महिला मतदातालाई नेपाली कांग्रेस पार्टीमा आकर्षित गराउनुपर्नेमा सभापति देउवाले जोड दिएका छन् ।





