राजनीति

सत्तामा बस्ने हैसियत गुमाएको ओलीतन्त्रले बाटो छोडोस्ः डा.भट्टराई

२ चैत्र, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले सत्तामा बस्ने हैसियत गुमाएको ओलीतन्त्रले बाटो छोड्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले नैतिक र वैधानिक दुवै ढंगले सत्तामा बस्ने हैसियत गुमाइसकेको ओलीतन्त्रले समयमै बाटो छोड्नुपर्नेमा जोड दिदै नत्र भीरबाट लड्ने गाईलाई काँध थाम्न नसकिने टिप्पणी गरेका छन् ।

उनले दन्त्यकथाका भेडाहरू काठको फड्केमा बाटो छोड्नुसट्टा सिंगौरी खेलेर दुवै मरेको प्रसंग उल्लेख गर्दै नेपाली राजनीतिका मूर्ख र अहंकारी भेडाहरूको नियति त्यस्तै हुनलागेको हो त भन्दै प्रश्न समेत गरेका छन् ।

उनको ट्वीटः दन्त्यकथाका भेडाहरू काठको फड्केमा बाटो छोड्नुसट्टा सिंगौरी खेलेर दुवै मरेका थिए रे ! नेपाली राजनीतिका मूर्ख र अहंकारी भेडाहरूको नियति त्यस्तै हुनलागेको हो तरुअझै पनि समय छ-नैतिक र वैधानिक दुवै ढंगले सत्तामा बस्ने हैसियत गुमाइसकेको ओलीतन्त्रले बाटो छोडोस् ! नत्र भीरबाट लड्ने गाईलाई .. !