समाचार

सर्वोच्चले एमाले र माओवादी ब्युँताएपछि पहिलो पटक भेट्दै ओली-नेपाल

२ चैत्र, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ ।

ओली र नेपालबीच चार महिनापछि पार्टी कार्यालय धुम्बाराहीमा भेट हुन लागेको हो । ओलीले नेपाललाई बालुवाटार नै भेटवार्ताका लागि बोलाएका थिए । नेपाल बालुवाटार जान नमानेपछि पार्टी कार्यालयमा ओली र नेपालबीच आज ११ बजे भेट हुन लागेको हो ।

नेकपा खारेजपछि यी दुईबीच भेटवार्ता हुन लागे पनि ओली र नेपालको सम्बन्धमा चिसोपना छाएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि दुवैले एकअर्कालाई आरोप प्रत्यारोप लगाउँदै आएका थिए ।

सर्वोच्चले अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि ओली र नेपाल भेट गर्न लागेका हुन् ।