राजनीति

कांग्रेसको लक्ष्य आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने होः डा.महत

२ चैत्र, काठमाडौं । नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको लक्ष्य भनेको आउने आमनिर्वाचन रहेको बताएका छन् ।

नेपाल प्रेस युनियनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसको मुल लक्ष्य आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने रहेको बताएका हुन् ।

उनले भने, “त्यो लक्ष्यबाट दायाँबाँया गर्दैनौं ।” उनले अहिले निर्वाचन नहुँञ्जेसम्मको अवस्थामा के गर्ने भन्ने कुरा संसद्को अङ्कगणितले निर्धारण गर्ने उल्लेख गरेका छन् ।

उनले भने, “त्यो अङ्कगणित स्वाभाविक रुपमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने पक्षमा आयो भने कांग्रेसले त्यसको नेतृत्व लिन्छ र लिनुपर्छ भन्ने पार्टीमा आम राय छ ।” नेता महतले कांग्रेस अरु कसैको नेतृत्व तथा अरुलाई समर्थन गरेर सरकारमा नजाने स्पष्ट पारे।