राजनीति

१५ टिप्पणीसहित सुर्य थापाको आह्वानः एमाले र सूर्य चिन्हको पक्षमा एकजुट भएर अघि बढौं

३ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले एमाले र सूर्य चिन्हको पक्षमा सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै थापाले पार्टीमा भएका बिभिन्न गुटगत गतिबिधि प्रति १५ टिप्पणी सहित एमाले र सूर्य चिन्हको पक्षमा एकजुट भएर अघि बढ्न सबैलाई सचेत गराएका छन् । साथै थापाले माधव कुमार नेपाल समुहको भेलाप्रति कटाक्ष गर्दै उक्त भेला प्रचण्डको निदेशन र होमवर्क बमोजिमको मेला राम रमिता भएको टिप्पणी गरेका छन् ।

उनले यसलाई चैत महिनामा प्रदर्शित गाइजात्रा पनि भन्न सकिने भन्दै आफ्नो निहित स्वार्थका लागि नेकपा (एमाले) विभाजन गरी समाप्त गर्न चाहने तत्वहरूको उक्साहट र षडयन्त्र भएको बताएका छन् ।

थापाले यो केवल यसका नेतृत्वकर्ताहरूको कुण्ठा र द्वेय प्रदर्शन मात्रै भएको र पार्टीको सरकार पाँच बर्ष चल्नै नदिने कसम खाएर केही व्यक्तिहरूको नेतृत्वमा भइरहेका जनविरोधी, अनैतिक र विभाजनकारी कृत्यको मञ्चन मात्र भएको बताएका छन् ।

यो विधि र पद्धतिको दुहाई दिंदै गत बैशाख महिनायता जारी नाङ्गो गुटबन्दीको पराकाष्ठा भएको र जसलाई प्रचण्डको आड र साठगाँठमा चल्दैआएको विभाजन नै हो भन्ने तथ्य स्पष्ट हुने बताए छ । र, अलग समूह बनाएर पुनस् प्रचण्ड पथमा सामेल हुन जाने तयारी हो । त्यसकै लागि प्रचण्डले आफ्नो समुहको केन्द्रीय कमिटी बैठक स्थगन गरि पर्खिरहेको यथार्थ जगजाहेर नै छ उनले भने ।

नेकपामा सहमतिको आधारमा निर्णय गर्ने वैधानिक व्यवस्था हुँदाहुँदै बहुमतको नाममा प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई गरेको चारपटक निस्कासनको अपमानजनक अपराध तथा आज अध्यक्ष मान्नुको विकल्प नै नरहेको असहजता र छटपटीको अनुभूति भएको भन्दै । नेपाल राष्ट्र, नेपाली जनता, नेपाली कम्युनिस्ट आन्दोलन, स्थिरता, विकास र समृद्धिविरूद्दको घात भएको बताएका छन् ।