४ चैत, काठमाडौं । नेकपा एमालेका नेता एबम् पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार, गुटगत मनोबृति, ब्यक्रीबाद र भजनमण्डलीका कारण पछिल्ला राजनीतिक समस्याहरु भित्रिएको बताएका छन् ।
उनले आजको नेकपा एमालेको खनाल–नेपाल पक्षको कार्यक्रमलाई संबोधन गर्दै भने, ‘उहाँले प्रधानमन्त्रीको कुर्सी बचाउन संविधानको अपब्याख्या गर्नुभयो, पार्टी निर्णय र सहमति भएका भन्दा विपरीत काम गर्नुभयो ।’
कार्यक्रमको प्रमुख अतिथी झलनाथ खनाल रहेकामा माधव कुमार नेपाल बशिष्ट अतिथीको रुपमा रहेका छन् भने नेता नेपालले प्रधानमन्त्री ओलीले आफुले गल्ती गरेपनि दोषजति सबै अरुलाई थोपर्दै पार्टीलाई निरंकुश ढंगले चलाउन खोजेर माअओबाादी केन्द्र र एइमालेको एकीकरण भाँडेको आरोप लगाएका छन् ।
उनले आफ्नो कुशी बचाउन प्रधानमन्त्रीले संबिधानकोसमेत अपब्याख्या गरेको भन्दै आम कार्यकर्ताले बिस्तारै ओली प्रबृतिको बारेमा बुझ्ने बताउँदै प्रधानमन्त्री ओलीसँग आक्रोश पोखेका छन् ।





