४ चैत, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले एमालेसँग सशक्त प्रतिष्पर्धा गर्न सक्ने बन्नुपर्ने बताएका छन्। उनले दुईतिहाई मत जनताले दिँदासमेत कम्युनिष्टले नेपाल र नेपाली जनताका लागि केही गर्न नसकेको भन्दै जनतालाई बुझाउन नेपाली जनता देशभर ७५३ वटै स्थानीय तहमा पुग्नुपर्ने बताए ।
नेता पौडेलले काँग्रेसको सिद्धान्त राष्ट्रियता प्रजातन्त्र र समाजबाद स्पष्ट रुपमा भएको भन्दै कम्युनिष्टले कहिले माक्सबाद भन्ने, कहिले लेलिनबाट भन्ने कहिले माओबाद भन्ने, कहिले जवज भन्ने भन्दै उनीहरुको सिद्धान्त नै नभएको जिकिर गरेका छन् । नेता पौडेलले कार्यकर्ताको मूल्याँकन नेताको मूल्याँकन गर्ने अवस्था भएमात्र कार्यकर्ताको मूल्याँकन हुने भन्दै उनले कार्यकर्ताले नेताको निरंकुशतनत्रलाई हटाउँदै मूल्याँकन गर्नसक्नुपर्ने बताए ।
बरिष्ठ नेता पौडेलले नेपाली काँग्रेस पहिला आफुभित्र तन्दुरुष्त भएमात्र कम्युनिष्टसँग लडेर निर्बाचन जितिने अवस्था आउँने भन्दै गुट, उपगुट र अन्तरघातको अन्त्य हुन जरुरी रहेको बताए । उनले काँग्रेले काँग्रेसले हराउने प्रकारको अन्तरघात काँग्रेसमा ब्यापक रहेको भन्दै त्यसका लागि सबै लाग्नुपर्ने बताए । उनले अहिले संसदीय प्रणलीमा खतरा रहेको भन्दै राष्ट्रिय अन्तर्राष्ट्रिय षढ्यन्त्रबाट बँच्न काँग्रेस ७० बर्षदेखी सजक रहेको बताउँदै नेपालमा भ्रष्टाचार अनत्य गर्दै शुसासन आवश्यक रहने बिचार ब्यक्त गरे ।
नेता पौडेलले निर्बाचन भयो भने पनि बिशवशनीय हुन सक्ने कि नसक्ने अवस्था आउन सक्ने कुरामा काँग्रेसले बेलैमा ध्यान दिनुपर्ने भन्दै कम्युनिष्ट फुट्दैमा काँग्रेस बलियो हुने भ्रममा काँग्रेस कार्यकर्ता पर्न नहुने बताए ।
केही समय अगाडी नेपाली काँग्रेसमा विचारको खडेरी भनेर लागेको आरोप अहिले आएर पुष्टी हुँदै गएको भन्दै काँग्रेसबिरुद्ध बोल्ने बिद्वानहरुका कुरालाई पनि नेताहरुले अध्ययन गरी अगाडी बढ्नुपर्ने बताए । कार्यक्रममा महामन्त्री डा शसाँक कोईराला, केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाल, नेता संजय गौतमलगायतले बोलेका थिए । नेता पौडेलले राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मँ ओलीले नयाँ जनादेशको कुरा गरेको भन्दै नयाँ जनादेश आएपछि पुनः संसद बिघटन हुन सक्ने ग्यारेन्टी गर्न सक्ने गरेन्टी गर्न नसक्ने भन्दै यही संबिधानमा सबैलाई एकताबद्ध गरेर अगाडी लाने समाबेसी लोशतन्त्रको कुरा समेटिएको बताए ।उनले मेरो लागि सत्ता भन्दा ब्यवस्था महत्वपूर्ण हो भन्दै काँग्रेसले परिवर्तनलाई जोगाउने जिम्मेवारी, संबिधानलाई जोगाउने जिम्मेवारी लिनुपर्ने भन्दै केपी ओलीले गरेको संसद बिघटनको बिरुद्धमा काँग्रेसले सर्बसम्मत रुपमा आन्दोलनमा जाने निर्णय गरेको बताए ।





