८ चैत, काठमाडौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले आफू जिन्दगीभर देश र जनताका लागि लडाइ लड्ने बताएका छन् । काठमाडौंमा आयोजीत एक कार्यक्रममा बोल्दै अध्यक्ष दहालले २० २५ बर्षदेखी प्रधानमन्त्री केपी शर्मा ओली बिदेशी शक्तीले पालेको भन्दै गणतन्त्र मास्ने कार्यमा ओली खुलेरै लागेको बताए ।
उनले गणतन्त्र र संबिधान मास्ने कार्यका लागि पछिल्लो समय बिदेशी शक्तीले केपी शर्मा ओलीलाई भेट्टाएको बताए । उनले भने, ‘‘अहिले प्रतिक्रियावादीहरुले संविधान मिच्चे काम गरिरहेका छन्। त्यसलाई असफल पार्न एकपटक फेरि नेपाली जनताले आफ्नो आत्यनिर्माणको अधिकार प्रयोग गर्नुपर्ने स्थिति आएको छ ।’
अध्यक्ष दहालले थपे, ‘‘हिजो उत्पीडित वर्गको हकअधिकारको लडाइँ लड्दै गर्दा भर्खरको युवा नै थिएँ। पार्टीको महासचिव हुँदा ३६ वर्ष थिएँ। जनयुद्ध सुरु गर्दा ४२ वर्षको थिएँ। शान्ति प्रक्रियामा आउँदा ५२ वर्षको थिएँ। फेरि अहिले आएर अर्को लडाइँ लड्छु भन्दै हिडिरहेको छु। म बाँचुन्जेल लड्छु। अन्तिमसम्म लडिरहन्छु।’





