राजनीति

कांग्रेस सरकारमा जाँदैन, प्रतिपक्षमै बस्छः सभापति देउवा

१० चैत्र, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी प्रतिपक्षी मै बस्ने बताएका छन् ।

विराटनगरमा आज बिहान पत्रकासंगको कुराकानिमा सभापति देउवाले कांग्रेस विपक्षी पार्टी भएकाले बिपक्षमा नै बस्ने बताएका हुन् ।

साथै उनले विपक्षी भएकाले पनि कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध अविश्वासको प्रस्ताव नल्याउने बताएका छन् । साथै सभापति देउवाले कांग्रेस तत्काल सरकारमा नजाने पनि समेत प्रष्ट्याएका छन् ।

देउवाले आज बिहान केहिदिन अघि मृत्यु भएका कांग्रेस नेता आशोक कोईरालाको घरमा पुगेर श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् ।